११ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
एक खर्बमाथि पुग्यो वाणिज्य बैंकहरुको खराब कर्जा – Nepal Rastra Khabar
Banner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचित्रराजनीतिसूचना / प्रबिधि

एक खर्बमाथि पुग्यो वाणिज्य बैंकहरुको खराब कर्जा

काठमाडौं । चालु आर्थिक वर्षको पुससम्ममा वाणिज्य बैंकहरुको खराब कर्जा एक खर्ब नाघेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पुससम्मको तथ्याङ्कअनुसार त्यस्तो देखिएको हो ।

बैंकहरुले प्रवाह गरेको कर्जामध्ये दुई दशमलब ४९ प्रतिशत अर्थात् एक खर्ब छ अर्ब ४८ करोड ७१ लाख छ हजार छ सय रुपैंयाँ कर्जा खराब कर्जामा परिणत भएको हो ।

गत वर्षको सोही अवधिमा बैंकहरुको खराब कर्जा एक दशमलब १८ प्रतिशत अर्थात् ४८ अर्ब ८९ करोड ५६ लाख ६० हजार रहेको थियो । गत वर्षको तुलनामा यो वर्ष बैंकहरुको खराब कर्जा भने झण्डै दोब्बरले बढेको देखिएको छ ।

बैंकहरुले लगानी गरेको कूल कर्जा रकम ४२ खर्ब ७६ अर्ब ३३ करोड ४० रुपैंयाँ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकहरुले ४१ खर्ब ४३ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

कुन बैंकको खराब कर्जा कति ?

राष्ट्र बैंकले प्रकाशित गरेको विवरणअनुसार सबैभन्दा खराब कर्जा नेपाल सरकारको समेत लगानी रहेको कृषि विकास बैंकको रहेको छ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पुससम्म प्रवाह गरेको एक खर्ब ७९ अर्ब ७२ करोड बढी कर्जामध्ये ८ अर्ब १२ करोडभन्दा बढी खराब कर्जा रहेको छ । जुन कृषि विकास बैंकले प्रवाह गरेको कुल कर्जाको ४.५२ प्रतिशत हो ।

गत वर्ष सोही अवधिमा बैंकको खराब कर्जा २.०८ प्रतिशत रहेको थियो । जुन अहिलेको तुलनामा आधा हो ।

खराब कर्जा बढी हुने बैंकहरुमा कृषि पछि हिमालय बैंक छ । हिमालयको बैंक पनि कुल कर्जाको ३.७७ प्रतिशत खराब कर्जा छ ।

अन्यको अवस्था के ?

के हो खराब कर्जा ?

खराब कर्जालाई बैकिङ्ग भाषामा निष्क्रिय कर्जा पनि भन्ने गरिन्छ । सामान्यतयाः तीन महिनादेखि छ महिनासम्म भाखा नाघेको कर्जालाई कमसल कर्जा भनिन्छ । त्यस्तै, छ महिनादेखि एक वर्षसम्म भाखा नाघेको कर्जालाई संकास्पद कर्जामा वर्गीकरण गरिएको छ । एक वर्षभन्दा बढी समय भाखा नाघेको कर्जालाई खराब कर्जामा गणना गरिन्छ ।

त्यस्तै, ऋणीले पेश गरेको कार्ययोजनाका आधारमा वित्तीय संस्थाहरु मार्फत पुनर्संरचना गरिएका कर्जाहरुलाई पनि निष्क्रिय कर्जामा गणना गरिन्छ । कुनै पनि ऋणी टाट पल्टिएमा, कर्जाको दुरुपयोग भएमा वा ऋणी हराएमा, व्यवसाय सन्चालन हुने अवस्था नरहेमा, परियोजना सञ्चालनमा नआएमा, कर्जा सूचना केन्द्रको कालो सूचीमा कायम रहेका ऋणीलाई कर्जा प्रदान गरेमा, जमानत तथा अन्य सम्भावित दायित्वहरु फोर्सलोनको रुपमा कोषमा आधारित कर्जामा परिणत भएको अवस्थामा त्यसरी कर्जामा परिणत भएको मितिले ९० दिनसम्म असुली नभएमा यस्ता कर्जा पनि खराब कर्जाअन्तर्गत पर्दछन् ।

कर्जा असुल हुन नसकेर लिलाम प्रकृया सुरु भएको १८० दिन नघेको वा असुल प्रकृयाको लागि अदालतमा मुद्दा रहेको भए पनि सो कर्जा खराब कर्जाअन्तर्गत पर्दछ । धितोको बजार मूल्यले कर्जाको सूरक्षण हुन नसक्ने भएमा तथा खरिद वा डिस्काउन्ट गरेको विलको भुक्तानी मितिले ९० दिनसम्म असुल नभएमा पनि सो कर्जा खराब कर्जामा परिणत हुन्छ ।

ऋणीले एकै समयमा अलग–अलग वित्तीय विवरण पेश गरी ऋण लिएको पाइएमा, क्रेडिट कार्ड कर्जा लिएको भए सो कर्जाको भाखा नाघेको ९० दिनभित्र अखिलेखन भएमा तथा ट्रष्ट (टिआर) कर्जा भुक्तानी गर्नको लागि प्रतितपत्र खोल्दा उल्लेख नगरिएको अन्य नयाँ कर्जा स्वीकृत गरिएमा यस्ता कर्जा पनि खराब कर्जामा पर्दछन् ।

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button