३० असार २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बोरुसिया डर्टमण्ड लाई हराउदै चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारमनोरञ्जनमुख्य समाचारसफलताको कथा

बोरुसिया डर्टमण्ड लाई हराउदै चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

इंग्लिस क्लब चेल्सी च्याम्पिन्यस लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार विहान भएको प्रि क्वाटरफाइनल खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

पहिलो  लेगमा १-० गोल अन्तरले पराजित भएको चेल्सीले घरेलु मैदानमा २-० को जित निकाल्दा समग्रमा २-१ को जितका साथ अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।

चेल्सीलाई जित दिलाउन रहिम स्टर्लिङ र काइ हभार्ट्जले एक एक गोल गरेका थिए ।

४३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोल गरेको चेल्सीले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गर्दै जित पक्का गरेको हो ।

५३ औं मिनेटमा हर्भाटर््जले पेनाल्टीमा गोल गरेपछि डर्टमुन्ड सवै प्रतियोगितामा गरी १० खेलमा रहेको अपराजित यात्रामा पूर्णविराम लगाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button