१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
लिभरपुलको घरेलु मैदानमा म्यानचेस्टर युनाइटेड ७ गोलले पराजित – Nepal Rastra Khabar
Banner news (with photo)खेलकुदताजा समाचारफिचरमनोरञ्जनमुख्य समाचारसफलताको कथा

लिभरपुलको घरेलु मैदानमा म्यानचेस्टर युनाइटेड ७ गोलले पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडको पोस्टमा ७ गोल गरेको छ I

गयराति भएको खेलमा तेस्रो स्थानको युनाइटेडलाई पाँचौं स्थानमा उक्लिएको लिभरपुलले फराकिलो अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जिताउन कोडि गाक्पो, डार्विन नुनेज र मोहम्मद सलाहले दुई दुई गोल गर्दा रोबर्टो फिरमिनोले एक गोल थपेका थिए ।

४३ औं मिनेटमा रोबर्टसनको पासमा कोडी गाक्पोले ४३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

४७ औं मिनेटमा हार्भे इलियटको सहयोगमा नुनेजले अग्रता दोब्बर बनाए ।

५० औं मिनेटमा कोडी गाक्पोले सलाहको पासमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

६६ औं मिनेटमा सलाहले व्यक्तिगत गोल गर्दा लिभरपुल ४–० ले अघि बढेको थियो ।

नुनेजले व्यक्तिग दोस्रो तथा टिमका लागि पाँचौं गोल ७५ औं मिनेटमा गरेका थिए भने ८३ औं मिनेटमा सलाहले पनि व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ६–० ले अघि बढेको थियो ।

८८ औं मिनेटमा रोबर्टो फिरमिनोले व्यक्तिगत पहिलो गोल गर्दा लिभरपुल ७–० गोल अन्तरले विजयी भयो ।

जितसँगै लिभरपुल ४२ अंकका साथ पाँचौं स्थानमा उक्ल्एिको छ भने म्यानचेस्टर युनाइटेड ४९ अंकका साथ तेस्रो स्थानमा यथावत छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button