१५ जेष्ठ २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
छतबाट खसेर माधव नेपालका भाइको निधन - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिवाग्मती प्रदेशसुरक्षा/अपराधस्थानीय तह

छतबाट खसेर माधव नेपालका भाइको निधन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएको छ ।

आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको ६ तलामाथिबाट खसेर उनी घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको हो ।

रेष्टुराँबाट खस्दा सुरुमा बिजुलीको तारमा परेको र त्यसपछि उनी भूँइमा खसेका थिए । उनलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पुर्‍याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्‍याइएको थियो ।

नेता उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष नेपालका कान्छो भाइ हुन् । उनी ६२ वर्षका थिए । उनका दुई छोरी अमेरिकामा छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker