११ माघ २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बेलायतमा नेपालीको घरबाट २ सय तोला सुन चोरी, लुटेराको निशानामा नेपालीहरु - Nepal Rastra Khabar
Banner news (with photo)Uncategorizedताजा समाचारप्रवासमुख्य समाचारसुरक्षा/अपराध

बेलायतमा नेपालीको घरबाट २ सय तोला सुन चोरी, लुटेराको निशानामा नेपालीहरु

बेलायत बसोवास गर्ने नेपालीका घरहरु दिनहुँजसो असुरक्षित बन्दै गएका छन् विशेषगरि नेपाली तथा एसियालीमुलका मानिसबसोवास गर्ने ठाउंमा सुनका गरगहना लुटपाट हुने क्रम निरन्तर बढ्दै गएको

वर्षौंदेखि नेपालीका घरबाट सुनका गहनाहरु लुटिएका समाचार बाहिरिए पनि यसतर्फ सावधानी अपनाएको पाइँदैन प्रायजसो विभिन्नअवसरमा गरिने नेपाली जमघटमा फेशन बनिसकेको गरगहनाको प्रतिस्पर्धाकै कारण नेपालीहरु लुटेराको मुख्य आकर्षणको केन्द्रबनेका हुन्

सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण पनि लुटेराहरुलाई थप सहज बनेको घरबाट मात्र नभई बाहिर हिंडडुल गर्दासमेतलगाएका गहनाहरु लुटिने गरेको घट्नाहरु फाट्ट फुट्ट सुनिने गरिन्छ

भर्खरै मात्र लन्डन हिथ्रो नजिक अमृत गुरुङको घरबाट करिब दुईसय तोला सुनका गरगहना चोरी भएको लुटेराको एक समूहलेघरमा बसिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएर १० देखि १५ मिनेटभित्रै सम्पूर्ण गरगहना तथा नगद लुटेर भागेका थिए बुढीआमाघरमै बस्ने भएकाले आफन्तहरुले पनि सुन राख्न ल्याएर राखेका थिए तत्कालै प्रहरीलाई खबर गरिएको प्रहरीले निरीक्षण गरेकोभएपनि हालसम्म कुनै टुंगो नलागेको पीडित गुरुङले जनाए

दुईदिनअघिमात्र अर्को नेपालीको घरमा पनि चोरीको प्रयास गरिएको सीसीटीभी फुटेजसमेत उनले देखाएका थिए

नेपालीहरुको बाक्लो वस्ती भएका स्थानहरु अल्डरसट, फार्नबरो, रेडिंग, हन्स्लो, फेल्थमलगायत क्षेत्रमा नेपालीका घरमा चोरी हुने गरेको नेपालीहरुसँग प्रशस्त सुन हुन्छ भन्ने बारेमा लुटेराहरु विश्वस्त छन् भने स्वयं नेपालीहरुको पनि उनीहरुसंग साँठगाँठ रहेको अनुमानगरिन्छ यद्यपि यसको कुनै प्रमाण भने फेला परेको छैन्

चोरी भएका गरगहनाहरु भेटिने सम्भावना कमै हुने भएकाले सोको क्षतिपूर्ति आफूले गरेको घरकोकन्टेन्ट इन्स्यूरेन्समार्फत गर्न सकिन्छ तर, ‘कन्टेन्ट इन्स्यूरेन्सकति रकमको गरेको त्यसमा निर्भर गर्दछ त्यसैले घरको इन्स्योरेन्स गर्दाकन्टेन्ट इन्स्यूरेन्सरकम बढी गर्नसकेको खण्डमा क्षतिपूर्ति पाउने सम्भावना बढी रहन्छ

कसरी सुरक्षित रहने ?

काउन्सिलर तथा लन्डन बरो अफ हन्स्लोका पूर्व मेयरसमेत रहेका विष्णु गुरुङ घरमा बहुमूल्य गरगहना नराख्न सुझाउंछन्

एसियन तथा विशेषगरि नेपालीहरुका घरमा सुनका गहना प्रशस्त हुन्छन् भन्ने लुटेराहरुलाई जानकारी भएकाले उनीहरुले नेपालीकोघरलाई नै बढी निशाना बनाउने गरेको गुरुङको अनुभव महंगा सामग्री घरमा राख्दा आफूलाई पनि तनाव हुने, ज्यानको पनि खतराहुने गुरुङको धारणा यदि राख्नै परेपानी बैंकको लकरमा लगेर राख्ने, सकेसम्म सुनका गहना कम प्रयोग गर्न उनको सुझाव

केहि वर्ष अगाडि आफ्नै घरमा लाखौंको गहना तथा नगद चोरी भएको स्मरण गर्दै कृष्ण आचार्य भन्छन्, सकेसम्म नक्कली गहनाकोप्रयोग गर्नु नै बुद्धिमानी सुनका गहना नै राख्न परे बैंकको लकरमा लगेर सुरक्षित राख्न उत्तम हुन्छ

घटना घटिहालेको खण्डमा सामान प्राप्त गर्ने सम्भावना कम भएकालेकन्टेन्ट इन्स्यूरेन्सको रकम बढी गर्न सकेमा क्षतिपूर्ति पाउनसकिने उनी बताउंछन्

आफ्नो घरमा चोरी हुँदा स्पष्ट रुपमा चिन्न सकिने सीसीटिभी फुटेज उपलब्ध गराउँदासमेत प्रहरीले पक्राउ गर्न नसकेको उनको तीतोअनुभव आफूसंग भएका सम्पूर्ण गरगहनाको फोटो राख्न समेत उनको सुझाव

घरमा मात्र नभई बेलायतमा सुन व्यवसाय गर्दै आएका दुई नेपालीका गहना पसल पनि केहि समयअघि लुटिएका थिए नेपालीहरुकोबाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा रहेका अनुग्रह ज्वेलर्स न्यू लक्ष्मी ज्वेलरीमा लुटेराहरूले गाडीले हानेर सटर फुटाएरगरगहना लुटेका थिए प्रहरी आएपछि लुटेराहरूले प्रयोग गरेको गाडी घटनास्थलमै छाडेर भागेका थिए

लुटपाटका घटना बारम्बार दोहोरिंदा पनि गरगहनाको प्रयोग यसको प्रदर्शनी गर्ने क्रम नरोकिंदा विगत केहिवर्षयता सयौंको संख्यामानेपालीका घरहरु लुटिने गरेका छन् यस्ता घटनाहरु सार्वजनिक नगरिने गर्न नचाहने हुँदा आफन्तको माध्यमबाट मात्र जानकारी हुनेगर्दछ

घट्ना बाहिर सार्वजनिक गर्न सकेमा मानिसहरुमा सचेतना बढ्ने घटना नियन्त्रणमा पनि सहयोग पुग्ने कतिपयको धारणा एसियनतथा नेपालीहरु वसोवास गर्ने क्षेत्रमा गहना चोरीको घट्ना अत्यधिक हुने स्थानीय प्रहरीकोसमेत अनुभव

Related Articles

Back to top button