४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
विश्वकप विजेता रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास - Nepal Rastra Khabar N
खेलकुदताजा समाचारदेशमुख्य समाचार

विश्वकप विजेता रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

स्पेनको राष्ट्रिय फुटबल टिमका नयाँ प्रशिक्षक लुइस डी ला फुन्टेले आफ्नो योजनामा नरहेको बताएपछि विश्वकप विजेता सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। स्पेनले सन् २००८ मा युरोपियन च्याम्पियनसिप, २०१० मा फिफा विश्वकप र २०१२ मा पुनः युरो जित्दा टिमका महत्त्वपूर्ण सदस्य रहेका रामोसले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय फुटबलको बिट मारेको जानकारी गराएका छन्।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनबाट व्यावसायिक फुटबल खेलिरहेका रामोसले अन्तिम पटक स्पेनको राष्ट्रिय टिमबाट २०२१ को मार्चमा खेलेका थिए। अर्को महिना ३७ वर्ष पुग्ने रामोसले नयाँ प्रशिक्षकले सन्यास लिन बाध्य पारेको संकेत गरेका छन्।

‘हृदयस्पर्सी स्पेनिस टिम (रोजा) बाट बिदा माग्ने समय आएको छ,’ रामोसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई आज बिहान वर्तमान प्रशिक्षकको फोन आयो, र मेरो क्षमता र करिअर अगाडि बढाउन सक्ने विषयको पर्वाह नगरी उनले
मलाई गणनामा नराखेको बताए।’

धेरै दुःखसहित राष्ट्रिय टिमबाट यो नै यात्राको पूर्ण विराम भएको रामोसले बताएका छन्। आफूले राष्ट्रिय टिमको यात्रा अझै अगाडि बढाउन चाहेको संकेत गर्दै रामोसले स्पेनिस टिममा हासिल गरेका उचाई पनि सम्झिएका छन्।

रामोस स्पेनिस राष्ट्रिय टिमबाट सर्वाधिक एक सय ८० खेल खेल्ने खेलाडी हुन्। चोटमुक्त भइसके पनि गत नोभेम्बर–डिसेम्बरमा कतारमा भएको विश्वकपका लागि लुइस इनरिकेले पनि रामोसलाई टिममा बोलाएका थिएनन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button