३१ भाद्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पाँच एआईजी पद खाली, पदका लागि दौडधूप - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)Uncategorizedताजा समाचारदेशफिचरबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधस्थानीय तह

पाँच एआईजी पद खाली, पदका लागि दौडधूप

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहको अवकाससँगै नेपाल प्रहरीमा पाँच एआईजी पद खाली भएको छ । यसअघि प्रहरीमा चार एआईजी पद रिक्त रहेको थियो । एक महिनापछि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलगायत उहाँका ब्याजी अरु तीन अतिरिक्त महानिरीक्षक घर फर्कदैछन् । गृह मन्त्रालय प्रधानमन्त्रीले सम्हालेको अवस्थामा प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपमुक्त र व्यावसायिक बनाउने तर्फ पहल हुन आवश्यक छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले गृह मन्त्रालयको कार्यभार सम्हालेसँगै एआईजी बढुवाका दाबेदारहरू उनका आफन्त र निकट तथा माओवादी केन्द्रका प्रभावशाली नेताहरूलाई आफैं र स्रोतमार्फत रिझाउन तल्लीन भएका छन् । यसपटक बढुवामा पर्ने एआईजीलाई भावी महानिरीक्षकको प्रवल दाबेदारका रूपमा हेरिएका कारण समेत यो बढुवा महत्वपूर्ण मानिएको छ ।

नेपाल प्रहरीका एआईजीहरू विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बीसी र रवीन्द्रबहादुर धानुकले अवकाश पाएसँगै नेपाल प्रहरीमा चार एआईजी पद रिक्त छ । यस्तै, एआईजी पुजा सिंहको अवकाशपछि यो रिक्त पद पाँच पुगेको छ ।

प्रहरीमा २०७९ असारमा प्रहरी नायब महानिरीक्षक भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापा बढुवाको प्रमुख दाबेदार रहेका छन् ।
यस्तै, डीआईजी किरण बज्राचार्य, मीरा चौधरी, भीमप्रसाद ढकाल, श्यामलाल ज्ञवाली, सुदीप गिरि, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, सन्दीप भण्डारी, दुर्गा सिंह र किरण राणा पनि एआईजीका प्रतिस्पर्धी हुन् ।

हाल रिक्त ५ वटा एआईजी पदमा बढुवा हुन आईजीपी धीरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका ब्याचमेट डीआईजी मसाउद आलम खाँ, डीआईजी नलप्रसाद उपाध्याय र डीआईजी मोहनकुमार आचार्यसमेत सक्रिय रहेको बुझिन्छ ।

महानिरीक्षक सिंह र संगठनले भावी नेतृत्वमा पुग्नेहरूमध्ये अब्बल पाँच जनाको बढुवाको चाहना राखेको बताइन्छ । ज्येष्ठताका आधारमा एआईजीको स्वाभाविक दाबेदारमा डीआईजी बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापा हुनुहुन्छ ।

प्रहरी संगठनमा कमाण्ड, व्यावसायिकता, इमानदारिता र कार्यसम्पादनमा सिंहभन्दा कुँवर, राई र थापा अब्बल मानिनुहुन्छ । वरीयतामा एक नम्बरमा रहेका कुँवर, दोस्रोमा राई र तेस्रो सिंह एकै ब्याचका हुन् । सिंहको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै बिबादमा तानिएपछि सिंहको बढुवामा अप्ठ्यारो पर्ने देखिछ । उनिहरु २०५१ मा प्रहरी निरीक्षकको रूपमा सेवा प्रवेश गर्नु भएको थियो । चौथो स्थानका थापा एकै ब्याचका भए पनि उहाँले २०५२ मा नियुक्ति पाउनुभएको थियो । २०५१ मा सेवा प्रवेश गरेकाहरू आईजीपी बनेमा २०८१ को चैतसम्मको कार्यकाल रहने छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button