११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
समय: शेयर बजारको कथा समेटिएको सर्ट फिल्म ‘समय’ युट्युबमा - Nepal Rastra Khabar
अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारसफलताको कथासाहित्य/ सिर्जना

समय: शेयर बजारको कथा समेटिएको सर्ट फिल्म ‘समय’ युट्युबमा

माघ २३ , चितवन। शेयर बजारको कथा समेटिएको सर्ट फिल्म ‘स्टक’ युट्युबमा रिलिज भएको छ । स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले श्रीपञ्चमीको अवसरमा बिहीवार आफ्नो युट्युब च्यानल ‘स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल’मा फिल्म रिलिज गरेको हो ।

मिटिङ पोइन्ट प्रालिले निर्माण गरेको उक्त फिल्म रजिन महर्जनले निर्देशन गरेका हुन् । उक्त फिल्म ५१:१८ मिनेटको छ ।

विद्युतीय माध्यमबाट लगानीकर्तालाई शिक्षा र सचेतना दिलाउन फिल्म निर्माण गरिएको एसबानले जनाएको छ । फिल्मले शेयर बजारबारे सचेतना जगाउने एसबानको दाबी छ ।

एसबानले शेयर बजारको सचेतनामूलक अन्य सामग्रीहरू पनि युट्युबमा सार्वजनिक गर्दै लैजाने जनाएको छ । एसबानले हालै सम्पन्न २८ औं वार्षिक साधारणसभाबाट विद्युतीय माध्यमबाट लगानीकर्तालाई शिक्षा र सचेतना जगाउने अभियान शुरु गरेको हो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button