१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
रास्वपामा रविको आलोचना, आत्मालोचना गर्न माग – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)Uncategorizedताजा समाचारदेशफिचरराजनीतिसुरक्षा/अपराध

रास्वपामा रविको आलोचना, आत्मालोचना गर्न माग

सञ्चार माध्यमलाई लान्छित गर्दै अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति रवि लामिछानेको आलोचना भएको छ ।

२३ माघ, चितवन । सञ्चार माध्यमलाई लान्छित गर्दै अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति रवि लामिछानेको आलोचना भएको छ । आफूहरु पार्टीको सभापतिले दिएको अभिव्यक्तिको बचाउ समेत गर्न नसक्ने अवस्था आएको भन्दै नेताहरुले आत्मालोचना गर्न माग गरेका छन् ।

रास्वपाले आइतबार सरकार छाड्ने, तर समर्थन कायमै राख्ने निर्णय गरेको थियो । लगत्तै पार्टी कार्यालय, बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछाने सञ्चार माध्यममाथि खनिएका थिए । उपप्रधान तथा गृहमन्त्री र सांसद गुमेपछि आफू आक्रोशित भएको स्वीकार गरेका उनले ‘मुडमा छु है’ भन्दै सञ्चार माध्यम र विभिन्न व्यक्रिको जीवनमा प्रवेश गर्दै लाञ्छना लगाएका थिए ।

सोमबारको बैठकमा नेताहरुले रविको आलोचना गरे । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले सभापतिले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिले सार्वजनिक वृत्तमा राम्रो सन्देश नगएको बताएका थिए ।

प्रमुख सचेतक सन्तोष परियारले ‘तपाईँले दिएको अभिव्यक्तिले पार्टीलाई घाटा भयो, आत्मालोचना गर्नुस्’ भनेका थिए । अर्का सांसद गणेश पराजुलीले पार्टीप्रति बुद्धिजिवी वर्गलाई चिढाउने काम मात्र भएको बताए । उनले भनेका थिए, ‘तपाईँँको अभिव्यक्तिले हामीप्रति उनीहरु निराश भए । यसले गलत सन्देश गएको छ ।

सांसद मनिष झाले गृहमन्त्री नपाएकै कारण सरकार छाडेको भनेर सन्देश जानु पार्टीको पनि कमजोरी भएको बताएका छन् । आइतबार रविले आफूले गृहमन्त्री बन्न खोजेको, तर नभई हुन्न भनेर नभनेको जिकिर गरेका थिए । उनले भनेका थिए, ‘यही कुरा २/३ दिन अगाडि भनेको भए गृह नपाएर सरकारबाट बाहिरियो भन्ने सन्देश जाँदैनथ्यो । यसमा चुक भयो ।

एक सहभागीका अनुसार महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने सभापति रविको बचाउ गरेका थिए । गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने र पाएको भए कसलाई पठाउने भनेर पार्टीले निर्णय गर्ने उनको तर्क थियो ।

बैठकमा सभापति रवि रिस धेरै उठेकाले बोलेको बताएका थिए । यसले भएको क्षति न्यूनिकरण गर्न के गर्ने त भनेर समेत उनले प्रश्न गरेको एक नेताले सुनाए । उनले भने, १/२ दिन हेरौं, त्यसपछि तपाईँले हिजोको जस्तै पत्रकार सम्मेलन गरेर हुन्छ कि विज्ञप्तिमार्फत हुन्छ आफ्नो वक्तव्य दिनुस भनेका छौं ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button