२२ आश्विन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
तत्कालीन सरकारी कार्यालयहरुको भवनकै छैन नक्सापास - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)Uncategorizedकर्णाली प्रदेशताजा समाचारदेशफिचरमुख्य समाचारराजनीतिस्थानीय तह

तत्कालीन सरकारी कार्यालयहरुको भवनकै छैन नक्सापास

जिल्ला प्रशासन कार्यालयको पक्की भवन बनेर सञ्चालनमा आएको चार वर्ष भयो । तर अहिलेसम्म भवनको नक्सापास नै भएको छैन । कानुन मिच्नेलाई कारबाही गर्ने प्रशासन कार्यालयले नै गैरकानुनी रूपमा भवन ठड्याएर बसिरहेको छ । नक्सापास नहुँदा नगरपालिकामा आउने कर जम्मा भएको छैन ।

माघ २२, बागलुङ — जिल्ला प्रशासन कार्यालयको पक्की भवन बनेर सञ्चालनमा आएको चार वर्ष भयो । तर अहिलेसम्म भवनको नक्सापास नै भएको छैन । कानुन मिच्नेलाई कारबाही गर्ने प्रशासन कार्यालयले नै गैरकानुनी रूपमा भवन ठड्याएर बसिरहेको छ । नक्सापास नहुँदा नगरपालिकामा आउने कर जम्मा भएको छैन ।

तत्कालीन भवन डिभिजन कार्यालयको प्राविधिक सहयोगमा बनेको भवन प्रयोगमा आएपछि बागलुङ नगरपालिकाले पटकपटक पत्राचार गरेर नक्सापास र निर्माण सम्पन्नको प्रमाणपत्र लिन आग्रह गरेको थियो । तर प्रशासनले वास्ता गरेको छैन । जिल्ला प्रहरी कार्यालयले पनि अहिले ठूलो आवास निर्माण गरिरहेको छ । यो भवनको पनि हालसम्म नक्सापास भएको छैन ।

भवन संहिता हेर्ने र गुणस्तर मापन गर्ने सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमै छ । यो कार्यालयले ठूलाठूला भवनको नक्सा बनाउने, निर्माणमा अनुगमन गर्ने काम पनि गर्छ । तर यो कार्यालयको पनि निर्माणाधीन भवनको अहिलेसम्म नक्सापास छैन । नगरपालिकालाई जानकारीसमेत नदिई चारतले भवन ठड्याएको कार्यालयले नगरपालिकामा सूचीकृत गर्ने तयारी समेत नगरेको हो ।

सदरमुकाममा अधिकांश सरकारी कार्यालयका ठूलाठूला भवन र आवास बनिरहेका छन् । तर कसैले पनि नक्सापास गरेका छैनन् । आयोजना प्रमुख सुनिता श्रेष्ठले भवन निर्माण संहिता र आफ्नै मापदण्डअनुसार बनाएकाले नक्सापास नगरेको बताइन् । उनले नगरमा सूचीकृत भने गर्नुपर्ने व्यवस्था भएको स्वीकारिन् । भवन बनाउँदा विज्ञ प्राविधिककै निगरानीमा बनाएका हुन्छौं, विभागबाट स्वीकृति पनि लिएका हुन्छौं, त्यसैले नगरपालिकाको प्रक्रियामा नगएको हो, उनले भनिन्, भवन बनिसकेपछि सूचीकृत भने गर्नुपर्छ ।

नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले हरेक भवनमा राखिने कन्टेन्जेन्सी रकमबाट कार्यालयले भवनको नक्सापास गर्न सक्ने बताए । ‘कानुन मिचेर धेरै कार्यालयले पनि घर ठड्याएका छन्,’ उनले भने, अदालतका दुई भवनको मात्रै समयमा नक्सापास र स्वीकृति दिइएको छ ।’ पटकपटक पत्राचार भए पनि सरकारी कार्यालयले निर्माण सम्पन्नको कागजात पनि नलिएको उनले बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button