१० आश्विन २०८०, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
मकैमा गभारो र डडुवा रोगको प्रकोप - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)Uncategorizedअर्थव्यवस्थाकृषिताजा समाचारदेशफिचरबिचित्रमधेस प्रदेशमुख्य समाचारराजनीतिस्थानीय तह

मकैमा गभारो र डडुवा रोगको प्रकोप

बारामा लगाइएको मकै बालीमा गभारो र डडुवा रोगका साथै फौजी किराको प्रकोप देखिएको छ।

२० माघ, चितवन। जितपुरसिमरा उपमहानगरपालिकामा सरकारले सञ्चालन गरेको ‘मकै मिसन कार्यक्रम’ अन्तर्गत लगाइएको मकैमा रोगको प्रकोप देखिएको हो। ‘मकै मिसन कार्यक्रम’ अन्तर्गत वडा नं १३, १४ र १५  तथा अन्य वडामा लगाइएको मकैमा रोगको प्रकोप देखिएको उपमहानगरको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाकी कृषि प्राविधिक राधिका भारतीले बताइन्। दुई दिनमै ५२७ जना मकैमा लाग्ने विभिन्न रोगबारे समस्या लिएर आएको उनको भनाइ छ।

जितपुरसिमरा उपमहानगरपालिका मकै मिसन कार्यक्रमको वडा नं. १३, १४, १५ सहित अन्य वडाको डुबरवाना, अमाडार, जैतापुर, बष्डीलवा, बकउलिया लगायतका स्थानमा गरिएको  मकै  खे तीमा खेतको विभिन्न भागमा तीन तीन किसिमको  रो गको  प्रको प फै लिएपछि किसानहरु समस्यामा परे का हुन्  ।
अघिल्लो वर्षहरूमा रोगको प्रकोप देखिने गरे पनि यस वर्ष प्रको प धे रै  फै लिएको  जितपुरसिमरा-५ बकउलियाका किसान दीपनारायण चौधरी बताउँछन्। अहिले सम्म २५ प्रतिशत बालीमा क्षति पुगेको उनको भनाइ छ। उनले भने‚ “शुरूमा खेतको अलग अलग भागमा कीराले  मकैका पात काटे र छियाछिया पार्ने  र पात से तो  खै रो  भएपछि बो ट मर्ने  गरेको थियो।”
मकैको गुभो मर्ने‚ ‍पात जलेको र बोट मरेको आमाडारका किसान ब्रह्मदेव मुखिया बताउँछन्। पाँच हजार रुपै याँ  लगानी गरेर गरिएको मकै मा रो गको  प्रको प देखिंदा खे तीपाती गरे र जीविको पार्जन गर्ने  आफू जस्ता किसान समस्यामा परे को किसान फूलमति चौधरीले गुनासो गरिन्।
रोग र कीराबाट जोगाउने प्रभावकारी उपाय नभएको  हुदाँ धानचमर निस्कने  अवस्थाका मकैमा क्षति भएको किसानहरूको  गुनासो  छ। समयमै  रो ग नियन्त्रण नभए विगतका वर्षहरूको  तुलनामा यो  वर्ष मकै  उत्पादनमा ह्रास आउने  फतेपुरका किसान गाणेश चौधरी बताउँछन्।
यहाँका कसानले नेपाल सरकारले सूचीकृत गरेको पायोनियर ३३५५, डिकेसी ९०८१ जातका मकै खेती गरेका हुन्। पर्याप्त मात्रामा वर्षा नभएकाले यो  वर्ष मकै मा गभारो  रो गको  प्रको प धे रै  बढे को  कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाकी कृषि प्राविधिक भारती बताउँछिन्।
मकैको बोटमा लागेको रोगको प्रकृति हेरेर डडुवाको लागि ब्याक्टेरियल साइट, फंगलको लागि फंगिल साइट, गभारोका लागि ५५ प्रतिशत र फैजी कीराका लागि इमामेटिल बेन्जन दिने गरेको कृषि प्राविधिक भारतीको भनाइ छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your Ad Blocker