१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कृषि उत्पादनकाे निश्चित लाभकारी मूल्य ताेक्न माग: अखिल नेपाल किसान युनियन – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)Uncategorizedकृषिताजा समाचारदेशफिचरबिचित्रमुख्य समाचारराजनीतिस्थानीय तह

कृषि उत्पादनकाे निश्चित लाभकारी मूल्य ताेक्न माग: अखिल नेपाल किसान युनियन

अखिल नेपाल किसान युनियनले तरकारीको न्यूनतम लाभकारी मूल्य तोक्दै बजारको समस्या समाधान गर्नुपर्ने माग गरेको छ ।v

माघ २१, चितवन। अखिल नेपाल किसान युनियनले तरकारीको न्यूनतम लाभकारी मूल्य तोक्दै बजारको समस्या समाधान गर्नुपर्ने माग गरेको छ । युनियनले नेपाली किसानप्रति राज्यको निरन्तर उदासिनता, आलेटाले र गलत नीतिका कारण आफ्ना उत्पादनको उचित मूल्य नपाएर लागतसमेत नउठ्ने अवस्थाको बारम्बार सिकार हुँदै आएको भन्दै निश्चित मूल्य निर्धारण गर्नुपर्नेमा माग गरेको हो ।

पछिल्लो समय पुनः चितवनका तरकारी उत्पादक किसानले आयातित तरकारीका कारण आफ्नो उत्पादनको लाभकारी मूल्य नपाएको विरोधमा सडकमा तरकारी फालेर सङ्घर्ष गर्न बाध्य भएका छन् ।

“अखिल नेपाल किसान युनियन तरकारी किसानको यो आन्दोलनप्रति गम्भीर छ र यस आन्दोलनको समर्थन गर्दै राज्यले किसानको तरकारीको समर्थन मूल्य तोकेर तुरुन्त लागू गरोस् र यसरी किसानले मूल्य नपाएर आफ्नो उत्पादन सडकमा फाल्नुपर्ने स्थिति सिर्जना नहोस् भन्ने जोडदार माग गर्दछ”, युनियनद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

युनियनले नेपालको जैविक र भू–धरातलीय विविधता तथा विषम हावापानीका कारण नेपाल तरकारीमा आत्मनिर्भर हुनसक्ने र गुणस्तरीय अर्गानिक तरकारी उत्पादन गरेर उच्च मूल्यमा निर्यात गर्न सक्ने स्थितिमा रहेको कुरालाई बेवास्ता गरेर किसान र राष्ट्रले आम्दानी गर्न सक्ने ठूलो सम्भावना खेर गइरहेको स्थितिसमेत औँल्याएको छ । राज्यसँग तत्कालीन र दीर्घकालीन किसानमैत्री नीति अख्तियार गरी किसानका समस्या हल गर्न र किसानहरूको नोक्सानीको क्षतिपूर्ति दिएर भर्पाइ गर्न पनि युनियनको माग छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button