१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भारतीय शेयर बजारमा व्यापक शेल अफ, गौतम अदानीले २ दिनमा गुमाए १२० खर्ब रुपया – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारफिचरबिचित्रमुख्य समाचारसफलताको कथासूचना / प्रबिधि

भारतीय शेयर बजारमा व्यापक शेल अफ, गौतम अदानीले २ दिनमा गुमाए १२० खर्ब रुपया

शुक्रवार एशियाली शेयर बजार ९ महीनाकै उच्च स्तरमा उक्लिँदा भारतीय शेयर बजार भने अपवादमा रह्यो ।

१३ माघ, चितवन। शुक्रवार एशियाली शेयर बजार ९ महीनाकै उच्च स्तरमा उक्लिँदा भारतीय शेयर बजार भने अपवादमा रह्यो ।

एमएससीआईको जापानबाहिर एशिया प्रशान्त क्षेत्रको बृहत् शेयर परिसूचक शुक्रवार शून्य दशमलव ५३ प्रतिशतले बढेर ५६१ दशमलव ९९ अंकमा उक्लिएको थियो । यो ९ महीनायताकै उच्च हो ।

गएको वर्ष एमएससीआईको बृहत् परिसचूचक २० प्रतिशतले घटेको थियो । यो महीना शुरु भएयता सूचक करीब ११ प्रतिशतले बढेको छ । अमेरिको अर्थतन्त्र चौथो त्रैमासमा यसअघि अनुमान गरेको भन्दै धेरैले बढेको तथ्यांक सार्वजनिक भएपछि लगानीकर्ताहरू उत्साहित देखिँदा यसको प्रभाव एशियाली शेयर बजारमा देखिएको छ ।

शुक्रवार दलाल स्ट्रिटमा ‘ब्ल्याक फ्राइडे’ लागेको छ । लगानीकर्ताहरूले आफूसँग भएको शेयर धमाधम बेच्ने क्रम जारी रहँदा प्रमुख शेयर परिसूचकहरू सेन्सेक्स र निफ्टी दुवै रातोमा आएका छन् । सेन्सेक्स १ हजार १०० ले घट्दा निफ्टी पनि १७ हजार ५५० भन्दा तल आएको छ ।

यो समाचार तयार पार्दाखेरी नेपाली समय अनुसार दिउँसो २ः३५ बजेतिर सेन्सेन्स १ हजार १५९ दशमलव ८७ अंकले घटेर ५० हजार ४५ दशमलव १९ मा आएको छ । निफ्टी पनि ३४९ दशमलव ८५ अंकको कमीसहित १७ हजार ५४२ दशमलव १ अंकमा आएको थियो ।

सबैभन्दा धेरै गुमाउनेमा गौतम अदानीको अदानी ग्रुप रहेको छ । समूहको शेयर मूल्य २० प्रतिशतसम्मले घटेको छ । अदानी समूहको कम्पनी र अमेरिकी एक्टिभिष्ट लगानीकर्ता हिन्डेनबर्ग रिसर्चबीचको लडाई कानूनी बनेपछि अदानी समूहको कम्पनीको शेयर मूल्य ओर्लिरहेको छ । दुई दिनमा अदानीको सम्पत्ति १२० खर्ब रुपया घटेको छ ।

बुधवारयता अदानी ग्रुपको शेयरमा ‘प्यानिक शेलिङ’ देखिएको छ । फोब्र्सको रियल टाइम बिलेनियर्स इन्डेक्समा अदानी ७ औं स्थानमा झरेका छन् । यद्यपि, शुक्रवारको कारोबारमा एशियाका अधिकांश शेयर बजार हरियोमा छन् । जापानमा निक्केई २२५ परिसचूक शून्य दशमलव शून्य ७ प्रतिशतले बढेर २७ हजार ३८२ मा उक्लिएको छ ।

दक्षिण कोरियामा कोस्पी पनि शून्य दशमलव ६२ प्रतिशतको वृद्धिसहित २ हजार ४८४ दशमलव शून्य २ अंकमा पुगेको छ । चीनमा साङ्हाई कम्पोजिट शून्य दशमलव ७५ प्रतिशतले बढ्दा हङ्कङमा हाङशेङ पनि शून्य दशमलव ५४ प्रतिशतले बढेको छ । ताइवान, थाइल्यान्ड, इन्डोनेशियासमेत अन्य प्रमुख बजार पनि शुक्रवार हरियोमै छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button