१५ जेष्ठ २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पोखरामा जहाज दुर्घटना: सनाखत गरिएका शव आज परिवारलाई जिम्मा लगाइने - Nepal Rastra Khabar
Banner news (with photo)गण्डकी प्रदेशताजा समाचारफिचर

पोखरामा जहाज दुर्घटना: सनाखत गरिएका शव आज परिवारलाई जिम्मा लगाइने

पोखरामा जहाज दुर्घटना: सनाखत गरिएका शव आज परिवारलाई जिम्मा लगाइने र पहिचान नभएका शव भने काठमाडौंमा ल्याउने तयारी भैरहेको छ।

यति एयरलायन्सको ९ एन-एएनसी पोखरामा जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव परिवारका सदस्य तथा आफन्तहरूलाई जिम्मा लगाइने भएको छ।

सोमबार बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका शवहरुलाई परिवारलाई बुझाउने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए।

विदेशी नागरिकको र पहिचान नभएका शव भने काठमाडौंमा ल्याउने तयारी भैरहेको छ। काठमाडौंमा आफन्त तथा परिवार भएका स्वदेशी व्यक्तिहरूको शव पनि हेलिकप्टरबाट आज काठमाडौं ल्याउने तयारी छ।

जहाजमा चालक दलका चार जनासहित ७२ जना थिए।

जहाज दुर्घटनाको कारण अझै नखुलेको त्रिभुवन विमानस्थलस्थित उद्धार तथा राहत केन्द्रले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker