२७ असार २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
धवलशमशेर काठमाडौँ जिल्ला अदालतमा बयान दिँदै
Banner NewsBanner news (with photo)काठमाडौँ विशेषताजा समाचारमुख्य समाचारराजनीतिसुरक्षा/अपराध

धवलशमशेर काठमाडौँ जिल्ला अदालतमा बयान दिँदै

काठमाडौं। तीनकुने घटनाका अभियुक्त राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले आज (सोमबार) काठमाडौँ जिल्ला अदालतमा बयान दिँदै छन्। उनी आज (सोमबार)बिहान काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन्।

central college 2048x300

२०८१ चैत १५ मा राजावादीले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनमा सहभागी राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा लागेको छ।

गत चैत १५ गत तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए। तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर थिए।

राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित चार वटा मुद्दामा अभियोजन गरिएको छ। उनलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ।

Nepal Himalayas Tours and Travel

यसअघि महामन्त्री धवलशमशेर र उनीसँगै पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ‘फरार’ भएको दाबी गरिएपछि राप्रपाले केही दिनमा दुवै अदालतमा उपस्थित हुने बताएको थियो।

मिश्र भने अदालत उपस्थित हुन बाँकी छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button