२७ असार २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
इरानद्वारा इजरायलको राजधानीमै हमला, कम्तीमा ८ जनाको मृत्यु
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारप्राविधिक समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

इरानद्वारा इजरायलको राजधानीमै हमला, कम्तीमा ८ जनाको मृत्यु

चितवन। इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । शनिबार राति मात्रै चार जना इजरायली इरानको हमलामा मारिएको अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ । शनिबार उत्तरी इजराइलमा इरानले प्रहार गरेको मिसाइलका टुक्राहरू जमिनमा खस्दा चार जनाको मृत्यु भएको हो ।

central college 2048x300

मृत्यु हुनेमा अन्दाजी ४० वर्षका दुई महिला, २० वर्षकी युवती र एक १३ वर्षीया किशोरी रहेको सिएनएनले जनाएको छ । यसअघि शुक्रबार राति तीन जनाको मृत्यु भएको थियो । इजराइलको आपतकालीन सेवा विभागका म्यागेन डेभिड एडोम तेल अभिभको दक्षिणमा रहेको रिशोन लेजियोनमा घरहरू नजिकै इरानी क्षेप्यास्त्र आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको थियो ।

इरानले प्रहार गरेको मिसाइलले भत्काएको घरको भग्नावशेषमा पुरिएर उनीहरुको मृत्यु भएको हो । त्यसअघि तेल अभिभकै पूर्वी सहर रमात गानमा एक महिलाको मृत्यु भएको थियो । रमत गानको दान क्षेत्रमा इरानले प्रहार गरेको हतियारको ट्रक्रा खसेर ती महिलालाई लागेको सिएनएनले जनाएको छ ।

Nepal Himalayas Tours and Travel

इरानको परमाणु केन्द्रमा इजरायलको निशाना

इजरायलले भने इरानको परमाणु केन्द्रसँग सम्बन्धित संरचनामा आक्रमण गरेको छ । आक्रमणबाट इरानको रक्षा मन्त्रालयसँगै अनुसन्धान संस्थामा क्षति पुगेको बताइएको छ ।

इरानले इस्लामिक रिभोल्युसनरी गार्ड (आईआरजीसी)ले शनिबार राति गरेको आक्रमणबारे विज्ञप्तिमार्फत जानकारी दिएको छ । आईआरजीसीका अनुसार इजरायलको फाइटर जेटको इन्धन बन्ने ठाउँमा र बिजुली प्रसारण केन्द्रमा आक्रमण गरिएको छ ।

यसैगरी इरानले इजरायलका तीन क्रुज मिसाइल, १० ड्रोन र अन्य धेरै साना ड्रोनहरुलाई आकाशमै ध्वस्त पारेको जनाएको छ ।

त्यस क्षेत्रमा अरू मानिसहरू पनि घाइते भएको चिकित्सा अधिकारीहरूलाई उद्धृत गरेर इजरायली सैन्य अधिकारीहरूले बताएका छन् । सिएनएनका अनुसार इजराइलमा इरानी हमलाबाट अहिलेसम्म एक सय जनाभन्दा बढी घाइते भएका छन् । इरानमा मानिसहरूको हताहती र घाइतेसम्बन्धमा पछिल्लो विवरण आएको छैन । शुक्रबार त्यहाँ कम्तिमा ८० जनाको मृत्यु र ३०० जना भन्दा बढी घाइते भएका थिए । मृत्यु हुनेमा उच्च सैनिक अधिकारी, आणविक वैज्ञानिक, एक जना नेता र नागरिकहरू छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button