२६ असार २०८२, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रकृति लम्साल मृत्यु प्रकरण : अभियुक्त श्रीवास्तव धरौटीमा छुटे
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराधहत्या प्रकरण

प्रकृति लम्साल मृत्यु प्रकरण : अभियुक्त श्रीवास्तव धरौटीमा छुटे

चितवन । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका भारतीय छात्र अद्विक श्रीवास्तव धरौटीमा रिहा भएका छन् ।

भुवनेश्वरस्थित जे.एम.एफ.सी. (COG TAKING–II) अदालतले मे २० मा दिएको आदेशअनुसार श्रीवास्तव १ लाख भारतीय रुपैयाँ धरौटीमा रिहा भएका हुन् । तर, हालै मात्र यसबारे खबर बाहिरिएको हो ।

Nepal Himalayas Tours and Travel

अदालतले श्रीवास्तवलाई केही सर्तसहित रिहा गर्न आदेश दिएको छ ।

ती सर्तहरू:

  • धरौटीमा रहँदा उनले कुनै पनि आपराधिक गतिविधिमा संलग्न हुन नपाउनेछन्।
  • उनले मुद्दाका साक्षीहरूलाई डर देखाउने वा धम्क्याउने कार्य गर्न पाउँदैनन् ।
  • प्रत्येक पेसीको मितिमा अदालतमा अनिवार्य उपस्थित हुनुपर्नेछ।
  • मुद्दाको टुंगो नलागेसम्म दुई–दुई महिनामा एकपटक इन्फोसिटी प्रहरी कार्यालय (IIC, Infocity P.S.) मा उपस्थित भएर जानकारी दिनुपर्नेछ।

प्रत्येक पेसीको मितिमा अदालतमा उपस्थिति प्रमाणित गर्नु अनिवार्य रहने आदेशमा उल्लेख छ । उक्त आदेश इन्फोसिटी प्रहरी कार्यालयलाई कारबाहीका लागि पठाइएको छ।

Prakriti lamsal

‘अभियुक्त रिहा भएको थाहा पाएलगत्तै मैले यही जेठ २८ गते हाम्रा परराष्ट्रमन्त्रीज्यू डा आरजु राणालाई भेटेर ज्ञापनपत्र दिएको छु’, शनिबार बिहान कुरा गर्दै लम्सालले भने, ‘खोइ अहिलेसम्म केही कुरा आएको छैन।’

central college 2048x300

गत फागुन ४ गते केआईआईटी कलेजमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल होस्टलमै मृत भेटिएकी थिइन्। उनलाई मर्न बाध्य पारेको आरोपमा त्यहीँ पढ्ने युवक श्रीवास्तव पक्राउ परेका थिए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button