२६ असार २०८२, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
विश्व बैंक समूहले नेपालमा ६ वर्षमा ३ खर्ब ७१ अर्ब लगानी गर्ने
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियअर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशपर्यटनप्राविधिक समाचारमुख्य समाचारसफलताको कथा

विश्व बैंक समूहले नेपालमा ६ वर्षमा ३ खर्ब ७१ अर्ब लगानी गर्ने

चितवन । विश्व बैङ्क समूहले आगामी ६ वर्ष (आर्थिक वर्ष २०८२/८३ देखि २०८८/८९) मा नेपालमा कम्तीमा २ अर्ब ७० करोड अमेरिकी डलर (करिब ३ खर्ब ७१ अर्ब रुपैयाँ) लगानी गर्ने प्रतिबद्धता जनाएको छ । सार्वजनिक नेपाल राष्ट्र साझेदारी रूपरेखा (सीपीएफ) मा यो जानकारी गराइएको हो ।

विश्व बैंक समूहले ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ (२०२५–२०३१) सार्वजनिक गरेको छ । आगामी ६ वर्षका लागि नेपालमा विश्व बैंक समूहको प्रस्तावित रणनीतिक साझेदारी तथा सहकार्यको योजनासहित फ्रेमवर्क ल्याइएको हो ।

Nepal Himalayas Tours and Travel

एक औपचारिक कार्यक्रमबीच उक्त फ्रेमवर्क सार्वजनिक गरिएको हो । कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फ्रेमवर्लले नेपालको १६औं योजनासँग मेल खाने र नेपालको संरचनात्मक आर्थिक रूपान्तरणमार्फत विकास, सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि आवश्यक मार्गचित्र प्रस्तुत गर्ने गरी तयार पारिएको बताए ।

लगानीमध्ये १ अर्ब ९५ करोड ६० लाख डलर (करिब २ खर्ब ६८ अर्ब रुपैयाँ) अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) मार्फत सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध हुनेछ । त्यस्तै, निजी क्षेत्रलाई लगानी गर्ने अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ७५ करोड डलर (करिब १ खर्ब ३ अर्ब रुपैयाँ) लगानी गर्ने अनुमान छ । हाल विश्व बैङ्कको नेपालमा २ अर्ब डलरको खुला लगानी प्रतिबद्धता रहेकोमा १ अर्ब ३० करोड डलर खर्च हुन बाँकी छ ।

राष्ट्र साझेदारी रूपरेखाले रोजगारी सृजनालाई पहिलो प्राथमिकता दिएको छ । यसले जलवायु परिवर्तन र प्राकृतिक विपद्प्रतिको उत्थानशीलता, उत्पादनशीलता, कनेक्टिभिटी र सार्वजनिक संस्थाहरूको सुदृढीकरणमा जोड दिएको छ । विश्व बैङ्कका प्रबन्ध निर्देशक वेन्साई झाङले नेपालले ३० वर्षमा गरिबी ५५ प्रतिशतबाट बाट ०.३७ प्रतिशतमा झारेकोमा प्रशंसा गरे, तर आर्थिक वृद्धि र रोजगारी सृजनामा चुनौती रहेको बताए ।

नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले दैनिक २,४०० नेपाली रोजगारीका लागि विदेशिने गरेको उल्लेख गर्दै रोजगारी सृजना नेपालको प्रमुख आवश्यकता भएको बताए । उनले पर्यटनजस्ता क्षेत्रमा ठुलो सम्भावना रहेको र एकजना पर्यटकले सात प्रकारका रोजगारी सृजना गर्ने उदाहरण दिए । प्राकृतिक विपद्का कारण नेपाल विश्वकै दोस्रो जोखिमयुक्त देश भएको उनको भनाइ छ ।

आईएफसीका इमाड फाखुरीले ऊर्जा, साना व्यवसाय र डिजिटल विकासमा लगानी बढाउने बताए । विश्व बैङ्क र आईएफसीको लगानीले एकअर्कालाई पूरक बनाउँदै व्यावसायिक वातावरण सुदृढ गर्ने र विदेशी तथा स्वदेशी लगानीकर्तालाई आकर्षित गर्ने उनले जनाए ।

central college 2048x300

यो रूपरेखाले सन् २०३० सम्ममा २ करोड २० लाख नेपाली काम गर्ने उमेरमा पुग्ने अनुमानलाई सम्बोधन गर्दै दिगो आर्थिक विकास र गरिबी न्यूनीकरणमा रोजगारी सृजनालाई प्रमुख हतियार बनाउने लक्ष्य लिएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button