Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारबिचित्रमुख्य समाचार
ढल्केबर सबस्टेशनमा समस्या आउँदा काठमाडौं लगाएत देशैभर विद्युत् अवरुद्ध

चितवन। देशैभर विद्युत आज करिब ४ घण्टा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार, ढल्केबर सबस्टेसनमा समस्या हुँदा विद्युत प्रसारणमा समस्या भएको हो।
धेरै ठाउँहरूमा अगि बेलुका तिर अविरल वर्षाले पोल लडेको, तार चुडिएको, रुखको हाँगा तार माथी परेको खबर प्राप्त भएको छ ।
हामीले यो लाइनमा भारतबाट बिजुली ल्याउने काम गर्छौँ दिउँसो,उनले भने,उताबाट बिजुली नआउँदा हाम्रो यताको बिजुली त्यो लाइनमा सप्लाइ हुने हो। तर अहिले बिजुली सप्लाइ नै लिइरहेको छैन। त्यही भएर सबैतिर बिजुली गएको हो। समस्याको पहिचान गरेर पावर बढाउने काम भइरहेको उनको भनाइ छ।
यसअघि गत वैशाख ३ गते ढल्केबरमा रहेको सबस्टेसनस्थित ग्रीडमा आगलागी भएको थियो। त्यसबेला धनुषासहित तीन जिल्लाको विद्युत आपूर्ति प्रभावित भएको थियो।