Banner NewsBanner news (with photo)काठमाडौँ विशेषताजा समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह
काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा डोजर चलायो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालकुमारी पुल क्षेत्रमा रहेका कवाड संकलन केन्द्रमा डोजर चलाएको छ ।
नगर प्रहरी बलले एमाले पार्टी कार्यालय नजिक सञ्चालित यस्ता केन्द्रहरूलाई लक्षित गर्दै यो कारबाही गरेको हो ।
महानगरले पटक–पटक सूचना जारी गरी कवाडी केन्द्रहरू हटाउन निर्देशन दिएको थियो । तर, सञ्चालकहरूले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।
महानगरपालिकाले गोदाममाथि डोजर चलाउँदा त्यहाँका मजदुरहरू र महानगर प्रहरी बिच भनाभन भएको छ । महानगरले आगामी दिनमा पनि यस्ता अनधिकृत संरचना र गतिविधिमा कडाइ गर्ने जनाएको छ ।