५ बैशाख २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सिरहामा बोरामा हालेर गाडिएको अवस्थामा शव भेटियो
Banner NewsBanner news (with photo)ताजा समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराधहत्या प्रकरण

सिरहामा बोरामा हालेर गाडिएको अवस्थामा शव भेटियो

चितवन। सिरहामा खोला किनारमा बोरामा गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ । गोलबजार नगरपालिका–९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्था आज बिहान १० बजेतिर शव फेला परेको हो ।

मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले शव कुहिसकेको अवस्थामा रहेकाले कसको हो भन्ने पहिचान गर्न कठिन भएको बताए ।

Nepal Himalayas Tours and Travel

उनका अनुसार मंगलबार बिहान १० बजेतिर गोठालोहरूले दुर्गन्ध फैलिएको र त्यहाँ हाड हेरेपछि प्रहरीलाई खबर गरेका थिए ।
सब अत्यन्त कुहिसकेको अवस्थामा रहेको बताए ।

सोही गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन गत फागुन २९ गतेदेखि हराइरहेकी छिन् ।

गाउँकै सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका खातुन बिहान ९ बजे घरबाट निस्केकी थिइन् । तर, फर्केर नआएपछि आमा जाहेदा खातुनले चैत १ गतेमा प्रहरीमा निवेदन दिएकी थिइन् ।

मंगलबार भेटिएको शव उनकै हुनसक्ने आशंका स्थानीयको छ । शव परीक्षणका लागि अस्पताल पठाउने तयारी भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपीले बताए ।

central college 2048x300

घटनास्थलमा प्रहरी टोली पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीका अनुसार केही दिनअघिदेखि गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन हराइरहेकी छन् । उनको खोजी कार्य भइरहे पनि अहिलेसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button