५ बैशाख २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सात महिनामा सवा ४ लाख करदाता थपिए‚ थपिएन राजस्व
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशप्राविधिक समाचारमुख्य समाचार

सात महिनामा सवा ४ लाख करदाता थपिए‚ थपिएन राजस्व

चितवन। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको माघसम्म ४ लाख ३३ हजार करदाता थपिएका छन् । करदाता थपिए पनि राजस्व भने उत्साहजनक रूपमा थपिएको छैन ।

आर्थिक वर्ष २०८०।८१ को माघसम्म कुल ४ लाख २६ हजार ३३० स्थायी लेखा नम्बर लिएका करदाता थप भएकोमा चालू आवको सोही अवधिमा ४ लाख ३३ हजार ७०३ करदाता थपिएका छन् ।

Nepal Himalayas Tours and Travel

मन्त्रालयका अनुसार स्थायी लेखा नम्बर लिएका करदाताको संख्या ६६ लाख ५९ हजार ८३६ पुगेको छ । यस अवधिमा दर्ता भएका कुल स्थायी लेखा नम्बरमा व्यावसायिक स्थायी लेखा नम्बर, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बरको अनुपात क्रमशः ३०.२ प्रतिशत, ०.५ प्रतिशत र ६९.३ प्रतिशत रहेको छ।

समीक्षा अवधिसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख ४१ हजार ७१६ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २३ हजार १३२ पुगेको छ।

central college 2048x300

गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले आर्थिक क्रियाकलाप विस्तार, लगानी प्रवर्धन र स्वदेशी उत्पादन एवं उद्यमलाई प्राथमिकता र प्रश्रय, राजस्वको दायरा विस्तार र कराधार संरक्षण गर्दै दिगो, पारदर्शी एवं समन्यायिक राजस्व प्रणाली विकास गर्ने, करदाता शिक्षा र सचेतनामूलक कार्यक्रमको माध्यमबाट करको दायरा विस्तार गर्ने घोषणा गरेका थिए।

बजेटपछि करदाताको संख्या उल्लेख्य बढे पनि सरकारको आम्दानी उत्साहजक तवरले बढ्न सकेको छैन। सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा चैत ८ सम्म लक्ष्यको ५१ प्रतिशत अर्थात् ७ खर्ब ३७ अर्ब मात्रै संकलन गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ। यो अवधिसम्म सरकारको बजेट घाटा १ खर्बमाथि उक्लिसकेको तथ्यांकले देखाउँछ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button