३ माघ २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
'कमेडी च्याम्पियन– २' को उत्कृष्ट ४ मा पुगेका हिक्मत महराको दुर्घटनामा मृत्यु
Uncategorized

‘कमेडी च्याम्पियन– २’ को उत्कृष्ट ४ मा पुगेका हिक्मत महराको दुर्घटनामा मृत्यु

चितवन । चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ को उत्कृष्ट ४ मा पुग्न सफल कमेडियन हिक्मत महराको मृत्यु भएको छ ।

कैलालीको गोदावरीमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटना उनको मृत्यु भएको हो।

Nepal Himalayas Tours and Travel

गोदावरी मन्दिर जाने बाटो नजिक म २ प ९११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । सुपप्र ०१–००१क २०६० नम्बरको ट्रकमा महराले चलाएको म.२ प ९११७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

‘कमेडी च्याम्पियन–२’ मा हिक्मत ६ हजार प्रतियोगीसँगै डिजिटल अडिसन दिएर १८० जनामा छनोट भएका थिए । त्यसपछि उनी टप २४, १५, ११ हुँदै उत्कृष्ट चारमा पुगेका थिए । उत्कृष्ट ४ बाट भने उनी भोटको आधारमा बाहिरिएका थिए ।

कञ्चनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झरालीमा बीएडसम्म अध्ययन गरेका हिक्मतले विद्यार्थीकालदेखि नै कमेडी गर्दै आएका थिए । उनका कमेडी विशेष गरेर समाजका विकृति, विसङ्गति र राजनीतिक परिदृश्यका बारेमा हुने गरेका थिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button