Banner NewsBanner news (with photo)ताजा समाचारदेशनिर्वाचन विशेषप्राविधिक समाचारमुख्य समाचारराजनीतिसफलताको कथा
बालेनले गराए वडाध्यक्ष रोजिना श्रेष्ठलाई सपथ
काठमाडौँ । काठमाडौँ महानगरपालिका- १६ मा भएको उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले सपथ लिएका छन् ।
मङ्गलबार आयोजित एक कार्यक्रमका बीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले वडाध्यक्ष श्रेष्ठलाई शपथ गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागिता थियो भने सो क्रममा श्रेष्ठलाई बधाई तथा शपथ कार्यकालको शुभकामना दिइएको थियो ।
काठमाडौँ महानगर- १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि त्यहाँ आइतबार उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारलाई पाखा लगाउँदै श्रेष्ठ विजयी भएका थिए ।