३ माघ २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
रवि लामिछानेलाई चितवन पुर्याइयो, सुरक्षा व्यवस्था कडा
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

रवि लामिछानेलाई चितवन पुर्याइयो, सुरक्षा व्यवस्था कडा

चितवन । सहकारीको रकम ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ ।

काठमाडौंका स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो बयान सकिएपछि उनलाई बुद्ध एयरको जहाजमार्फत आज बिहान चितवन लगिएको हो ।

Nepal Himalayas Tours and Travel

सहारा चितवन सहकारीको रकम हिनामिना गरेको आरोपमा रविविरुद्ध चितवन प्रहरीमा मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो । यसबारे अनुसन्धानकको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लगिएको हो ।

चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रहरीले जिल्ला प्रहरी कार्यालयमा बयानका लागि आवश्यक कागजात मिलाएपछि सरकारी वकिल कार्यालयमा लगिने छ । चितवन रविको निर्वाचन क्षेत्र पनि हो । उनलाई चितवन पुर्याइएपछि रास्वपाले गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनालसँग दुई दिन लगाएर बयान लिइएको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button