सशस्त्र प्रहरीद्वारा दुई दिनमै ६५ लाखको अवैध सामान नियन्त्रण
लहान । सिरहामा सशस्त्र प्रहरीले दुई दिनमै करिब ६५ लाख रूपैयाँ बराबरको अवैध सामान नियन्त्रण लिन सफल भएको छ । कार्तिक ११ देखी १३ गते दुईदिनको समयावधीमा सशस्त्र प्रहरीले ६५ लाख रूपैयाँ बराबरको अवैध सामान नियन्त्रण मा लिएर भन्सारमा बुझाएको हो ।
प्सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हे. क्वाटर सिरहा, सन्हैठाले उपलब्ध गराएको जानकारी अनुसार गएको दुई दिनमा १३ लाख ७४ हजार ७ सय ३४ रूपैयाँ बराबरको लत्ताकपडा, २० लाख २ सय ९० रूपैयाँ बराबरको किराना आइटम, ४ लाख ९६ हजार ७ सय बराबरको हार्डबेयरको सामाग्री नियन्त्रणमा लिएको हो ।
त्यस्तै गएको दुई दिनमै ५२ हजार ५ सय बराबरको इलोक्ट्रेनिक , ९६ हजार ९ सय ९० रूपैयाँ बराबरको अवैध औषधी, ४ लाख ९१ हजार ९० रूपैयाँ बराबरको मदिरा र २० लाख ५० हजार बराबरको सवारी साधन नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्रले बढायो सक्रियता
यता, सिरहाको दक्षिणबर्ती सिमाक्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलले गएराती पनि भारी मात्रामा मदिरा नियन्त्रणमा लिएको छ ।
अवैधरूपमा भारत छिराउन लागेको मदिरा सहित सशस्त्र प्रहरीले ढुवानीमा संलग्न एक थान स्करपियो समेत नियन्त्रणमा लिएको हो ।
सुरक्षा निकायले मधेश प्रदेशको आठ जिल्लामध्ये सिरहालाई संबेदनशिल जिल्लाबाट हटाएको छ । सिरहाको सन्हैठास्थित नं. ७ का गणपती एसपी नरेश भण्डारीले सिरहामा सिमाक्षेत्रमा हुँदैआएको तस्करी शून्यमा झार्न आफू र आफ्नो टिम प्रतिबद्व रहेको बताए । उनले भने, ‘सिमाक्षेत्रको चोरीतस्करी नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न सबैको साझा प्रयास आबश्यकता छ ।’
दशगजाका मदिरा पसल बन्द गर्न माग
स्थानियहरूले दशगजामा खोलिएका मदिरा पसलहरू बन्द गर्न प्रशासनसँग माग गरेका छन् । भारतिय ग्रहाकलाई लक्षित गरेर खोलिएका दशगजा आसपासका मदिरा पसलहरूमा हरेक रातजसो झैझगडा हुने गरेकाले सुरक्षा संबेदनशिलतालाई ध्यानमा राखेर ति होटलहरू बन्द गर्नुपर्ने स्थानियले माग गरेका हुन् ।
‘कतिपय अबस्थामा त दशगज्जाका होटलहरूमा राती झगडा हुँदा मान्छे मरेका घटना पनि छन्’ बरियारपटीका एक स्थानियले भने, ‘सस्तोमा पाईने भएकाले पारी (भारत) बाट मदिरा खानकैलागि आउनेहरूको भिड लाग्छ दशगज्जाका होटलहरूमा । मातेपछि झगडा हुन्छ । जुनसुकैबेला अप्रिय घटना घट्नसक्छ । त्यसैले यहाँ खोलिएका होटलहरू बन्द गर्नुपर्छ ।’
त्यस्तै, सिरहाको माडर नाकामा दिलिप शहनी नाम गरेको ब्यक्तिले पत्रकारिताको आडमा तस्करी गरिरहेको जानकारी प्राप्त भएको छ ।
आफूलाई पत्रकार बताउने शहनीले सिमाक्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरूलाई समाचार लेखिदिने धम्कि दिदै अवैधरूपमा भारतबाट माछा ल्याएर माडरमा बेच्ने गरेको स्रोतले बतायो ।
त्यस्तै नेपाल–भारत आयात÷निर्यातमा संलग्न स्थानिय ब्यापारीहरूसँग समाचार छापिदिने डर देखाएर महिनाबारी रकम असुलिगरिरहेको पिडित ब्यापारीहरूको भनाई छ भने सिरहाका चर्चित मदिरा तस्कर बिष्णुको नातामा पर्ने भएकाले बिष्णुको मदिरा तस्करीमा पनि शहनीको संलग्नता रहेको स्वंय बिष्णुले स्विकार गरेकाछन् ।
यता नेपाल पत्रकार महासँघ सिरहा शाखाले दिलिप शहनी नाम गरेको मान्छे पत्रकार महासँघको सदस्य नरहेको स्पष्ट पारेको छ । डिआईजी धौवजी भन्छन्, ‘जसले पनि पत्रकार भन्ने चलन रहेछ । तर पत्रकार भनेर भेट्न आउनेहरू कसैले पनि समाचारचाहीँ लेखेको पाईएन । नक्कली पत्रकारहरूबाट सचेत छौँ ।’