१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
वर्ल्डलिंक बन्यो २५ वर्षे अवधि सकिएर पुनः लाइसेन्स पाउने पहिलो इन्टरनेट सेवा प्रदायक
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारमुख्य समाचारसफलताको कथासूचना / प्रबिधि

वर्ल्डलिंक बन्यो २५ वर्षे अवधि सकिएर पुनः लाइसेन्स पाउने पहिलो इन्टरनेट सेवा प्रदायक

चितवन। २५ वर्ष अवधि पूरा गरेको देशको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ अनुमतिपत्र (लाइसेन्स) पाएको छ ।

गत साता बसेको प्राधिकरण बोर्ड बैठकले कम्पनीलाई नयाँ सरह पुनः अनुमतिपत्र जारी गर्ने निर्णय लिएको हो ।

Nepal Himalayas Tours and Travel

२५ वर्षे अवधि सकिएर पुनः लाइसेन्स पाउने वर्ल्डलिंक पहिलो इन्टरनेट सेवा प्रदायक बनेको हो । वर्ल्डलिंकले २०५५ चैतमा लाइसेन्स कर तथा राजस्व विवादले सरकारले पुनः लाइसेन्स दिन आनाकानी गरेपछि करिब ७ महिनादेखि वर्ल्डलिंक यत्तिकै चलेको थियो । वर्ल्डलिंकलाई प्राधिकरणले १० वर्षका लागि नयाँ लाइसेन्स दिएको छ ।

working visa japan sushi bombarराजस्वसम्बन्धी विवादलाई लिएर वर्ल्डलिंकले सर्वोच्चमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा गएको कार्तिक ३० गते अदालतले खारेज गरिदिएपछि वर्ल्डलिंकले २ अर्ब १५ करोड सरकारलाई बुझाएको छ । वर्ल्डलिंकले राजस्व बुझाएपछि दूरसञ्चार प्राधिकरणले लाइसेन्स नवीकरणको प्रक्रिया सुरु गरेको थियो ।

गत चैतदेखि कानुनी अस्पष्टता र बक्यौताका कारण कम्पनीको अनुमतिपत्र नवीकरण हुन सकेको थिएन । तर, सरकारले दूरसञ्चार नियमावली २०५४ संशोधन गर्दै २५ वर्ष पूरा गरेका कम्पनीलाई पुनः अनुमतिपत्र प्राप्त गर्ने विकल्प खुला गरी दिएको थियो ।

उक्त संशोधित नियमावली गएको १२ कात्तिकमा प्रकाशित भएको थियो । सोही संशोधित नियमावलीलाई टेकेर प्राधिकरणले वर्ल्डलिंकलाई नयाँ लाइसेन्स जारी गरेको हो । यसरी नयाँ लाइसेन्स जारी गर्नु पूर्व कम्पनीलाई हालसम्म रहेको सम्पूर्ण बक्यौता बुझाउनु पर्ने सर्त राखिएको थियो ।

सोही सर्तका आधारमा कम्पनीले गएको ३० कात्तिकमा रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क बापत बुझाउनुपर्ने दुई अर्ब १५ करोड १४ लाख सात हजार ५५२ रुपैयाँ भुक्तानी गरेको थियो ।

नयाँ लाइसेन्स पाएसँगै वर्ल्डलिंकले विदेशी लगानी लिने बाटो खुला भएको छ । वर्ल्डलिंकले आजै फिनल्याण्ड सरकारको स्वामित्वमा रहेको फिनिस फण्ड फर इन्डिष्ट्रियल कोअपर्सेन लिमिटेडसँग लगानीका लागि सम्झौता पनि गर्दैछ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button