१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बाराका क्याम्पस प्रमुख कुशवाहा हत्या घटनामा संलग्न मुख्य अभियुक्त पक्राउ
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

बाराका क्याम्पस प्रमुख कुशवाहा हत्या घटनामा संलग्न मुख्य अभियुक्त पक्राउ

वीरगन्ज । बाराका रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहा हत्याका मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पाँच महिनाअगाडि गोली प्रहार गरी हत्या गरिएको सो घटनामा संलग्न मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई बारा प्रहरीले पक्राउ गरेको हो ।

Nepal Himalayas Tours and Travel

आदर्श कोतवाल नगरपालिका वडा नम्बर–२ स्थितको घरबाट फर्किने क्रममा गोली प्रहार गरीको उनको हत्या गरिएको थियो । त्यसपछि फरार सुरेन्द्र कुशवाहालाई गएराति विराटनगरबाट पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

working visa japan sushi bombarमुख्य अभियुक्त कुशवाहा विराटनगरमा लुकेर खेतीपाती सुरु गरेको सूचना आएपछि प्रविधिको सहयोगमा पछ्याउँदै जाँदा उनलाई बुधबार विराटनगरबाट पक्राउ गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । अनुसन्धानको क्रममा सुरेन्द्रले जग्गासम्बन्धी विवादमा हरिभुषणको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बाराको आदर्शकोतवाल गाउँपालिका–३, बतरामा उनीमाथि गोली प्रहार भएको थियो । गम्भीर घाइते उनलाई तुरुन्तै बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

गएको ३२ जेठमा घरबाट फर्किने क्रममा रामराजा बहुमुखी क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार भएको थियो ।

क्याम्पस प्रमुख कुशवाहाको हत्यामा सुरेन्द्रसहित १७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणिप्रसाद कुशवाहा, चाँदशीप्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी कर्तव्यज्या मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

उक्त घटनामा प्रयोग भएको हतियार पेस्तोल थान–२, गोली थान– ७ राउण्ड, मोटरसाइकल थान ४, मोबाइल थान– ४ थान, ल्यापटप थान– २, सिम कार्ड थान– ७ बरामद भएको थियो । पक्राउ परेका सुरेन्द्रमाथि ज्यानसम्बन्धी र हातहतियार खरखजनासम्बन्धी मुद्दा दर्ता भएको डिएसपी सापकोटाले जानकारी दिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button