१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित तीन भारतीय नागरिक पक्राउ
Banner NewsBanner news (with photo)ताजा समाचारदेशपर्यटनप्राविधिक समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित तीन भारतीय नागरिक पक्राउ

चितवन। प्रहरीले स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको हो।

आइतबार राति करिब पौने ९ बजेको समयमा हेटौँडा-१ स्थित चौक टोलमा विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

Nepal Himalayas Tours and Travel

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश जिल्ला जालौनका ४० वर्षीय विजय सिंह कुशवाह, भारतकै गोरखपुरका २६ वर्षीय प्रशान्त पाठक र राजस्थान चितोरगढका ३२ वर्षीय राहुल कुमार माण्डावत रहेकाे प्रहरीले जनाएकाे छ।

मकवानपुरका एसपी विश्वराज खड्काका अनुसार काठमाडौंबाट हेडौटातर्फ आउँदै गरेको बा. प्र. ०३–००१ ज ०७६५ नम्बरको इभी माइक्रोबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

कुशवाहबाट युएस डलर १२ हजार, पाठकबाट युरो १४ हजार र माण्डावतको साथबाट २० यूएस डलर हजार बरामद भएको प्रहरीले जनाएको छ । बरामद रकम नेपाली रुपैयाँ ६२ लाख ९० हजार ३५ बराबर छ ।

काठमाडौँबाट हेटौँडा जाँदै गरेको बा.प्र.०३-००१ ज ०७६५ नम्बरको इभि माइक्रोबसलाई हेटौँडा-१ स्थित चेकपोइन्टमा रोकी खानतलासी गर्दा रकम फेला परेको थियो । चेकजाँचको क्रममा बसमा सवार तीन जनाको झोला तथा शरीरमा लुकाइ राखिएको विदेशी मुद्रा बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ । बरामद रकम र अभियुक्तहरूलाई आवश्यक कानुनी प्रक्रियाका लागि राजश्व अनुसन्धान कार्यालय, मिनभवन, ललितपुर पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले विशेष सूचनाका आधारमा गरिएको यस अपरेसनलाई महत्त्वपूर्ण सफलता मानेको छ । प्रहरीले नागरिकलाई शङ्कास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button