१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आइतबार सेयर बजार पौने १२ अर्बको कारोबार
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशप्राविधिक समाचारमुख्य समाचारशेयर बजार विशेषसूचना / प्रबिधि

आइतबार सेयर बजार पौने १२ अर्बको कारोबार

चितवन । आइतबार सेयर बजार ११ अर्ब ७२ करोडको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा १३.५ प्रतिशत बढी हो । अघिल्लो दिन १० अर्ब ३२ करोडको भएको थियो ।

Nepal Himalayas Tours and Travel

बजारको परिसूचक नेप्से ४.९८ अंक बढ्यो । सो अंकको वृद्धिसँगै नेप्से २७५३ अंकमा कायम भएको छ । सेयर बजार १४५ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ६ को स्थिर रह्यो । यस दिन होटल तथा पर्यटन सेक्टरका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो । सो सेक्टर सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो ।

त्यस्तै विकास बैंक ०.६२, हाइड्रोपावर ०.८५, जीवन बीमा ०.२१, लगानी ०.१७, माइक्रोफाइनान्स १.२८, अन्य ०.११ र व्यापार ०.२४ प्रतिशत बढे । उत्पादन १.१३ प्रतिशत घट्यो । निर्जीवन बीमा ०.६९, फाइनान्स १.६३ र बैंकिङ ०.२१ प्रतिशत घटे ।

उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त, अपरहेवाखोलाको मूल्य १० प्रतिशत बढ्यो । माण्डु हाइड्रोपावरको ९.७१, बाराही हाइड्रोपावरको ९.२९, जनउत्थान लघुवित्तको ८.९६, भगवती हाइड्रोपावरको ८.४३ तथा ङादी ग्रुप पावरको ८.३५ प्रतिशत मूल्य बढ्यो । नारायणी डेभलपमेन्ट बैंक र जानाकी फाइनान्सको ७.८ प्रतिशत बढ्यो ।

समृद्धि फाइनान्स र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । मकर जितुमाया सुरीको ८ र बेस्ट फाइनान्सको ५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप, समृद्धि फाइनान्स, जानाकी फाइनान्स, सिंगटी हाइड्रो र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button