१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भारतको मेडिकल कलेजमा आगलागी : १० नवजात शिशुको मृत्यु, १६ गम्भीर घाइते
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्वास्थ्य

भारतको मेडिकल कलेजमा आगलागी : १० नवजात शिशुको मृत्यु, १६ गम्भीर घाइते

चितवन । भारत उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा भीषण आगलागी भएको छ ।

उक्त मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० बालबालिकाको मृत्यु भएको छ । आगलागीमा १६ जना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Nepal Himalayas Tours and Travel

शुक्रबार राति ११ बजेतिर आगलागी हुँदा अस्पताल अस्तव्यस्त भएको थियो । परिवारका सदस्य र बिरामी आफ्नो ज्यान जोगाउन दौडन थालेपछि भागदौड भएको थियो ।

अग्नी नियन्त्रकको टोलीले घटनास्थल पुगेर ३७ बालबालिकालाई सकुशल निकालेको थियो । दुर्घटना हुँदा एनआईसीयूमा ५४ जना बालबालिका भर्ना भएका थिए ।

झाँसीका जिल्ला अधिकारी अविनाश कुमारले आगलागीको कारण विद्युत सर्किट सर्ट भएको हुनसक्ने बताएका छन् । यस विषयमा विस्तृत अनुसन्धान गर्न निर्देशन दिइएको छ । राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले उद्धारका कुनै कसर बाँकी नराख्न निर्देशन दिदैँ यसलाई दुखद र हृदयविदारक भनेका छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button