मंसिरका लागि पनि बैंकहरूले घटाए ब्याजदर
चितवन । बैंकहरूले मंसिर महिनाका लागि पनि ब्याजदर घटाएका छन् । शुक्रबार ११ वटा बैंकहरूले ब्याजदर घटाएका हुन् । तर नौवटा बैंकहरूले भने स्थिर राखेका छन् अर्थात् कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
कात्तिकमा बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपतर्फ ६.१८ प्रतिशत ब्याजदर तोकेको थिए । मंसिरका लागि ०.२१७४ प्रतिशत बिन्दुमा ब्याजदर घटाएका छन्। मंसिर महिनामामा बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा औसत ५.९७०३ प्रतिशतब्याजदर कायम गरिएको छ। गत महिनाको तुलनामा ०.२१७४ ब्याजदर घटेको छ।
मंसिरका लालि माछापुच्छ्रे,एनएमबि, लक्ष्मी सनराइज, नबिल, ग्लोबल आइएमई, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास, एनआइसी एशिया, सिटिजन्स र कुमारी बैंकले ब्याजदर घटाएका छन्।
ब्याजदरमा सबैभन्दा ठूलो घटावट माछापुच्छ्रे बैंकबाट
माछापुच्छ्रे बैंकले कात्तिकमा ७ प्रतिशत ब्याजदर प्रदान गर्दै आएकोमा मंसिरमा यसलाई घटाएर ६ प्रतिशत कायम गरेको छ, जसले गर्दा यो बैंकले सर्वाधिक ब्याजदर घटाएको हो। राष्ट्रिय वाणिज्य बैंकले भने व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.२ प्रतिशत अंकले बढाएको छ।
तरलता बढ्दा बैंकहरू बीच ब्याजदर घटाउने प्रतिस्पर्धा
प्रणालीमा अधिक तरलता कायम रहेको कारणले बैंकहरू बीच ब्याजदर घटाउने प्रतिस्पर्धा बढिरहेको छ। लगानीको वातावरण कमजोर भएको र कर्जा प्रवाह हुन नसकेपछि बैंकहरूको विगत एक वर्षदेखि ब्याजदरमा लगातार कटौती गरिरहेका छन्।
ब्याजदर घट्दा कर्जा लिनेहरूलाई राहत मिल्ने देखिए पनि निक्षेपमा पैसा राख्नेहरूलाई भने घाटा हुने स्थिति बनेको छ । ब्याजदर घट्ने क्रमले सेयर बजारका लगानीकर्ताहरूलाई भने लाभ पुग्ने संकेत देखाएको छ, जसले लगानी वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ ।