१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अमेरिकाबाट आप्रवासी फिर्ता पठाउने योजनामा ट्रम्पको जोड
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियअन्तर्वार्ताताजा समाचारनिर्वाचन विशेषपर्यटनप्रवासप्राविधिक समाचारबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसफलताको कथासुरक्षा/अपराधसूचना / प्रबिधि

अमेरिकाबाट आप्रवासी फिर्ता पठाउने योजनामा ट्रम्पको जोड

चितवन । अमेरिकामा भर्खरै सम्पन्न चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ठूलो संख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनामा जोड दिएका छन् ।

सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावपछि दिएको पहिलो अन्तर्वार्तामा ट्रम्पले जुनसुकै मूल्य चुक्ता गर्नुपरे पनि ठूलो मात्रामा निर्वासनको योजना अगाडि बढाउने बताएका हुन् ।

Nepal Himalayas Tours and Travel

एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा उनले सीमा बलियो र शक्तिशाली बनाउँदै आप्रवासी फर्काउन पहिलो प्राथमिकता दिने बताए । चुनावी अभियानको क्रममा ट्रम्पले लाखौं अवैध आप्रवासीहरूलाई देशबाट निकाल्ने घोषणा गरेका थिए । उनले राज्यका सबै तहका निकायहरू परिचालन गरेर अवैध आप्रवासीहरूलाई पक्रने, जेलमा राख्ने र देशबाट निकाल्ने ‘मास डिपोर्टेसन प्लान्स’ अगाडि सारेका थिए ।

ट्रम्पले आफ्नो आप्रवासन नीतिकै कारण चुनावमा विजयी भएको उल्लेख गरे । उनले यो चुनावमा आफ्ना अभियानले धेरै थरीका मतदातालाई आकर्षित गरेको बताए ।

उनले सीमालाई बलियो र शक्तिशाली बनाउने र सँगसँगै अमेरिकामा मानिसहरू आइरहने वातावरण पनि बनाउने बताए । चुनावपछि उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग भएका टेलिफोन संवादहरू दुईतर्फी रूपमै सम्मानजनक भएको उनले जानकारी गराए ।

उनले भने, ‘तपाइँलाई थाहा छ कि म त्यस्तो व्यक्ति होइन जसले तपाइँ अमेरिका आउन सक्नुहुन्न भनोस् । हामी मानिसहरू यहाँ आऊन् भन्ने चाहन्छौं । जब मानिसहरूले हत्या र हत्याका घटनाहरू गरेका छन्, जब लागूऔषध मालिकहरूले देशहरू ध्वस्त बनाएका छन्, अब तिनीहरू ती देशहरूमा फर्कनेछन् । किनकि उनीहरू यहाँ बस्ने छैनन् ।’

डेमाक्राट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई हराउँदै रिपब्लिकन पार्टीका ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button