१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अरिंगालको टोकाइबाट एकै घरका दुई बालबालिकाको मृत्यु
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रसुरक्षा/अपराधस्थानीय तह

अरिंगालको टोकाइबाट एकै घरका दुई बालबालिकाको मृत्यु

बझाङ । बझाङमा अरिंगालको टोकाइबाट एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।

थलारा गाउँपालिका–२ डोरगाउँकी डम्मरा खातीका तीन वर्षीय छोरा सुरवीर खाती र पाँच वर्षीया छोरी सिया खातीको अरिंगालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Nepal Himalayas Tours and Travel

घटना गएको शनिबार (गोरुतिहार) कै दिनको भएको बझाङका प्रहरी प्रमुख डीएसपी युवराज भण्डारीले जानकारी दिए । ‘शनिबार दिउँसो घर नजिकै बारीमा डम्मरा र उनकी सासु घाँस काट्न जाँदा बालबालिका पनि सँगै गएका रहेछन्,’ डीएसपी भण्डारीले भने, ‘बिच्किएको अरिंगालको टोकाइबाट दुई बालबालिकाको तत्कालै मृत्यु भएको खबर आएको छ । सोही घटनामा अरिंगालको टोकाइबाट डम्मरा, उनकी सासु र डम्मराकी सात वर्षीया छोरी सुमी पनि घाइते भएका छन् ।’

उनीहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको भण्डारीले बताएका छन् । यसअघि बझाङकै गुन्देल र तलकोटमा पनि अरिंगालको टोकाइबाट दुई जनाको मृत्यु भएको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button