शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार
१४ कात्तिक, चितवन । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरेर मङ्गलाघाटमा बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार भएको छ । मर्मतसम्भार गरेपछि पुल नयाँजस्तै देखिएको छ ।
प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल ममत गरेको हो ।
एक सय ३७ वर्षअघि बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीप प्रयोग गरी उक्त पुल बनाइएको स्थानीय बुढापाकाको कथन छ ।
पुल मर्मतमा करिब ४२ लाखको अनुमानित लागत तयार भएको छ। जिल्लाकै ग्रामीण क्षेत्रको खानीबाट निकालिएको काँचो फलामलाई गोलमा तताएर, कुटेर साङ्ले लठालाई भने मर्मतको क्रममा संरक्षण गरिएको छ भने अन्य पूर्वाधारहरू आवश्यकता अनुसार थप गरिएको सव इन्जिनियरले बताएका छन् ।
तत्कालीन समयमा माथि र तल गरी दुईवटा साङ्ले लठामा फलामको पाता राखेर एउटा काठको फल्याक मात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको स्थानीय अगुवा एवं ज्येष्ठ नागरिक समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले बताएका थिए।
उनले कुनै जमानामा म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाटमा म्याग्दी नदीमाथि निर्मित झोलुङ्गे पुल, म्याग्दी र मुस्ताङका दुर्गम बस्तीबाट हप्ता दिन पैदल हिँडेर नेपालका विभिन्न स्थान र भारतसम्म आवत–जावतका लागि प्रयोग हुने गरेको सुनाए।
उनले कुनै जमानामा म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाटमा म्याग्दी नदीमाथि निर्मित झोलुङ्गे पुल, म्याग्दी र मुस्ताङका दुर्गम बस्तीबाट हप्ता दिन पैदल हिँडेर नेपालका विभिन्न स्थान र भारतसम्म आवत–जावतका लागि प्रयोग हुने गरेको इतिहास सचि रहेको स्थानीय बताउछन्।