२० कार्तिक २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
गृहमन्त्री लेखकसँग डीपी अर्यालको भेट, रविबारे छलफल
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसूचना / प्रबिधि

गृहमन्त्री लेखकसँग डीपी अर्यालको भेट, रविबारे छलफल

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उपसभापति अर्यालले गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् । उपसभापति अर्याल र गृहमन्त्री लेखकबीच सोमबार अपराह्न गृह मन्त्रालयमै भेटवार्ता भएको स्रोतले जानकारी दियो ।

Nepal Himalayas Tours and Travel

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा छन् । गत कात्तिक २ गते लामिछानेलाई रास्वपा केन्द्रीय कार्यालय चःमतिबाट पक्राउ गरेर पोखरा लगिएको थियो । सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रास्वपाले सडक प्रदर्शन गरिराखेको छ । हालै बसेको केन्द्रीय समिति बैठकले उपसभापति अर्यालको नेतृत्वमा आन्दोलन सञ्चालन मूल समिति गठन पनि गरेको थियो ।

उपसभापति अर्यालले भने, ‘रुकुम र जाजरकोटमा भूकम्प गयो। सिडियो साहेवहरु चाहीँ संघीय माननीय र मन्त्रीहरु, अनि प्रदेशमा माननीय र मन्त्रीहरु स्वागत र सत्कारमै व्यस्त भएर त्यहाँ जम्मा भएको राहत वितरणमा समस्या आयो भनेर गुनासो छ भने हामी कतातिर गईरहेका छौं भन्ने कुरा चाँही त्यसले पनि देखायो। मैले गृहमन्त्रीज्युलाई भेटेरै तुरुन्तै तपाईले यो काठमाडौंबाट दुई जना सहसचिवहरु पठाई दिनुस् स्वागत गर्नका लागि ।

त्यहाँ बसेर उहाँहरुले स्वागत गर्नु हुन्छ। तर सिडियोहरुलाई चाहीँ काम गर्न लगाउनुस भन्न गएको। तर उहाँले भेटन समय नै दिनु भएन। अब ठिकै छ । भन्न गएको, भेट्न पाइएन। अब के गर्नु?’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button